

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।
प्रहरीको साइबर ब्यूरोले एफ वान सफट् इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको थियो।
यसरी सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
आफ्नो कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले निवेदन दिएका थिए।
यस कम्पनीले सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग शाखामा खाता खोलेको थियो। अक्टोबर १ देखि ४ (असोज १५ देखि १८) को बीचमा यसरी आफ्नो खाताको रकम निकालिएको कम्पनीको दाबी छ।
कम्पनीको निवेदनपछि अनुसन्धान गरेको साइबर ब्युरोले यसमा संलग्न रहेको आरोपमा ललितपुर १६ की ४० वर्षीय त्रिगुणरत्न वज्राचार्य, सिरहाको गोलबजारका २० वर्षीय राहुल ठाकुर, १९ वर्षका पुरुषोत्तम साह, सप्तरीको हनुमाननगरका २१ वर्षीय कृष्ण रमण राउत, राजविराजका ३१ वर्षीय सञ्जीवकुमार शर्मा, उदयपुरका २० वर्षीय कमल थापा मगर, २७ वर्षका दीपक थापा मगर, सुनसरीको धरानका २४ वर्षीय सन्देश राई, सुनसरीकै देवानगञ्जका २२ वर्षीय सागर कुमार साहलाई पक्राउ गरेको थियो।
घटनामा संलग्न रहेका अरू १५ जना फरार रहेको ब्युरोले जनाएको छ। उनीहरूविरुद्ध पनि मुद्दा दर्ता भएको छ। यसरी सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेको प्रहरीको दाबी छ।
उनीहरूलाई विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा कारबाही गर्न र पीडितको रकम भराइदिन अदालत समक्ष माग गरिएको छ। यस कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया