

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु



गुल्मी | गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रिडीबाट गिट्टी पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी) राजन भुजेलले बताए ।
टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ ।
दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया