

एनपिएल फाइनल: कसले के पाए पुरस्कार ?



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार जितेका छन्।
ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए। चाइनिज कार ओमोडा इ-५ को मूल्य ६२ लाख रूपैयाँ छ। यसअघि नेपाल क्रिकेटले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो।
क्यान, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले कार पुरस्कार दिने बताएका थिए।
यस्तै ललित राजवंशी उत्कृष्ट बलर बन्दै बाइक पुरस्कार पाए। उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइन पनि १७ विकेट लिए।
कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए। १६ वर्षीय विपिनले ८ खेलमा १३ विकेट लिएका थिए। उनले ५० हजार पुरस्कार प्राप्त गरे।
ललित राजवंशीले उत्कृष्ट बलरबापत ५ लाख पुरस्कार पाए। सुदूरपश्चिमका सइफ जैइब प्लेयर अफ दि टुर्नामेन्ट भए। उनले २७५ रन र १२ विकेट लिए। उनले ५ लाख पाएका छन्।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया