

एनपीएलको फाइनल हेर्न प्रचण्डदेखि गृहमन्त्रीसम्म कीर्तिपुर मैदान पुगे



त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल भइरहेको छ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।
खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि गृहमन्त्री रमेश लेखकसम्म त्रिवि मैदान कीर्तिपुर पुगेका छन् ।
यस्तै, उद्योगमन्त्री दामोदर भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह लगायत पनि खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर मैदान पुगेका छन् ।
विभिन्न दलका सांसद र पूर्वमन्त्रीहरू पनि कीर्तिपुर पुगेर खेल हेरिरहेका छन् ।

सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जीतको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ ।
सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो ।
एनपीएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो ।
पहिलो क्वालिफायरमा जनकपुर सुदूरसँगै पराजित भएको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर जनकपुर फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले एक करोड १० लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया