
१५औं कपिलवस्तु महोत्सव : चौथो दिन आज ‘मत ढलेढले’ गितकी गायिकासहितका कलाकार

१५औं कपिलवस्तु महोत्सवको चौथो दिन ‘मत ढलेढले’ गित गाएर चर्चित बनेकी लोकदोहोरी गायिका शान्तरानी परियार आउने भएकी छिन् । शनिबार गायिका परियारसंगै टंक तिमिल्सिना, विधान कार्की लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए ।
शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी, विक्रमबाबु विक, विष्णु ठट्राई, श्याम बोहोरा लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यस्तै शुत्रबार १३औं कपिलवस्तु डान्स आईडलका १५ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राखेका छन् । शनिबार ति १५ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिने जनाईएको छ ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया