

लुम्बिनीविरुद्ध बिराटनगरले टस जितेर पहिले बलिङ गर्दै


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स विरुद्ध बिराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
आफ्नो पहिलो खेलमा लुम्बिनी ब्याटिङका लागि मैदान उत्रिँदै छ। जारी प्रतियोगितामा लुम्बिनी आफ्नो बलियो दाबेदारी पहिलो खेलबाटै दिने लक्ष्यमा रहेको छ।
टियु मैदान कीर्तिपुरमा केही समयपछि सुरु हुने खेलमा विराटनगर तुलनात्मक रुपमा दबाबमा हुने छ। मंगलबार लगातार दोस्रो हार भोगेको विराटनगरले लगातार तेस्रो खेल खेल्न लागेको हो।
यसअघि उद्घाटनमा विराटनगरले जनकपुर बोल्ट्ससँग खेलेको थियो। खेल भएका लगातार तीन दिनमा तीन खेल खेल्न लागेको विराटनगर दुई दिनको रेस्ट अघि कम्तीमा एउटा जित चाहन्छ।
लुम्बिनीका रोहित पौडेल तथा राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिंदा विराटनगर पूर्व राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेकै कपत्नीमा मैदानमा उत्रिने छ।
लुम्बिनी भने पहिलो खेलमा जित निकालेर आफ्नो दाबेदारी निकाल्ने लक्ष्यमा रहेको छ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया