

तेस्रो मोतिपुर फुलबारी कप : चौवाहलाई हराउँदै मोतिपुरकाे जित


साझाकुरा,१२ मंसिर २०८१ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा जारी तेस्रोमोतिपुर फुलबारी कप फुटबलको बुधरको खेलमा आयोजक टिमले जित हात पारेको छ । शिद्धार्थ गौतम चौवाहसँगको खेलमा आयोजक मोतिपुर प्रगतिशील युवा क्लवले २–१ को जित निकालेको हो ।
गत शनिबार देखि जारी यो प्रतियोगितामा उद्घाटन खेलमा मुहान एफ.सी झुगाँलाई पराजित गरेको शिद्धार्थले आफ्नो दोस्रो खेलमा आयोजकसँग स्तब्ध हुन पुग्यो । जारी खेलको निर्धारित पहिलो हाफमा १ गोलको अग्रहता बनाएको मोतिपुरले खेलको दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । यस्तै शिद्धार्थले पनि दोस्रो हाफमा एक गोल गरेको भए पनि टोलीलाई जित दिलाउन प्रयाप्त हुन सकेन । डिबक्स भित्र भएको फल नै शिद्धार्थका लागि घातक बन्न पुग्यो भने मोतिपुरले उक्त पेनल्टीको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई जित दिलायो ।
अब बिहिबार थ्रि ब्रदर्श चप्परगाउँ र युनाइटेड एफसी पडरियाका बिचमा हुने आयोजकले जनाएको छ । यस अघि युनाइटेड एफ।सी पडरियाले पहिाले जित निकालेको थियो । यो उसको दोस्रो् खेल हो ।
प्रतियोगिताको विजेताले नगद रु। १,०१,१११, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु। ५१,१११, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजकले यसले खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग पु¥याउने विश्वास लिएको जनाएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया