
१६ औँ कपिलवस्तु महोत्सवको जिम्मेवारी हाम्रो हो : उद्योग ब्यापार संघ

कपिलवस्तु : उद्योग ब्यापार संघ कपिलवस्तुले १६ औँ कपिलवस्तु महोत्सवको जिम्मेवारी आफ्नो रहेको बताएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सञ्चालन हुँदै आएको कपिलवस्तु महोत्सवको आगामी संस्करणले नयाँ अध्याय सुरु गर्ने भएको छ। हालसम्म आलोपालो गरी कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गर्दै आएको महोत्सव अब नयाँ संयोजनमा हुनेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उद्योग व्यापार संघ कपिलवस्तुले महोत्सवको नयाँ ढाँचाको घोषणा गरेको छ। संघले २०८२ सालमा ‘कपिलवस्तु महोत्सव’ आफैँ आयोजना गर्ने पक्का गर्दै तीन पक्षीय सहमति पत्र सार्वजनिक गरेको हो।
सहमतिको दस्तखत र नयाँ नेतृत्व
सहमति पत्रमा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, वेलफेयर सोसाइटीका वरिष्ठ उपाध्यक्ष खड्क आले, र उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेलसहित प्रमुख प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। नगर प्रमुख चक्रपाणी अर्यालको रोहबरमा बनेको यो सहमतिले आगामी महोत्सव संघको नेतृत्वमा हुने पुष्टि गरेको छ।
४०० स्टलको योजना, स्थानीय व्यवसायीलाई विशेष स्थान
संघका अध्यक्ष खिमानन्द पौडेलले आगामी महोत्सवलाई विगतका महोत्सवभन्दा भिन्न बनाउने दाबी गरेका छन्। महोत्सवमा ४०० स्टल रहने र तीमध्ये २०० स्टल स्थानीय व्यवसायीका लागि छुट्याइने योजना सार्वजनिक गरिएको छ। “अहिलेसम्मका महोत्सवहरू उन्नत हाटबजार जस्ता मात्रै थिए, अब हाम्रो महोत्सवले नयाँ सोच र प्रविधिलाई समेट्नेछ,” पौडेलले भने।
‘पहिलो’ महोत्सवको दाबी
संघका संरक्षक तथा केन्द्रिय सदस्य टोप नारायण बेलबासेले महोत्सवलाई ‘१५ औँ’ नभएर ‘पहिलो’ घोषणा गर्ने सम्भावना पनि खुला राखेका छन्। “हाम्रो पहिलो प्रयास भएकाले यो महोत्सवलाई नयाँ नाम र पहिचान दिने योजना छ,” उनले भने।
नयाँ मोडले ल्याउने उत्साह
कपिलवस्तु महोत्सवको यो नयाँ स्वरूपले यहाँको उद्योग, पर्यटन र कृषि क्षेत्रमा थप गति ल्याउने विश्वास लिइएको छ। अबको महोत्सवले केवल मनोरञ्जनमात्र नभई कपिलवस्तुको पहिचानलाई उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया