
अध्यक्ष थापा र प्रशासकीय अधिकृत रिजालले आँखा बिरामीको अवस्था बुझ्दै

कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले तिलगंगा शल्यक्रिया आँखा केन्द्र, दाङमा पुगेर आँखा सम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
गाउँपालिकामा हालै सम्पन्न तीनदिने निःशुल्क आँखा जाँच शिविरमा १२५ जना मोतिबिन्दुका बिरामी फेला परेका थिए। ती बिरामीहरूको उपचार हाल तिलगंगा शल्यक्रिया आँखा केन्द्रमा भइरहेको छ। बिरामीहरूको स्वास्थ्य अवस्था, बसोबास र खानपानको व्यवस्थाबारे जानकारी लिन अध्यक्ष थापा र अधिकृत रिजाल आँखा केन्द्र पुगेका हुन्।

शिविरको आयोजना विजयनगर गाउँपालिकाले गरेको हो भने आर्थिक सहयोग सेचेन करुणाले र प्राविधिक सहयोग तिलगंगा शल्यक्रिया आँखा केन्द्र, दाङले प्रदान गरेको थियो।
अध्यक्ष थापाको सक्रियता
गाउँपालिकाका अध्यक्ष थापा पछिल्लो समय मानवीय, आध्यात्मिक र सामाजिक विकासका गतिविधिमा सक्रिय छन्। केही दिनअघि मात्र उनले सकारात्मक सोचको विकासका लागि जनप्रतिनिधि, कर्मचारी र समाजसेवीहरूलाई लक्षित गरी तीनदिने जीवन विज्ञानसम्बन्धी योग ध्यान शिविर सञ्चालन गरेका थिए। सो शिविरबाट २०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएका थिए।
थापाको नेतृत्वमा सञ्चालन भएका यी गतिविधिहरूले विजयनगर गाउँपालिकामा सामाजिक तथा स्वास्थ्य सुधारका नयाँ आयाम थपेका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया