
सेयर बजारमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।
३१९ कम्पनीका ६८ हजार ६ सय १४ पटकको कारोबारमा १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ रहेको छ। त्यस्तै, २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा निर्जीवन बीमा कम्पनी सर्वाधिक बढेको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । भने, कर्पोरेट विकास बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज समृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया