

सेयर बजारमा हरियाली, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।
३१९ कम्पनीका ६८ हजार ६ सय १४ पटकको कारोबारमा १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ रहेको छ। त्यस्तै, २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा निर्जीवन बीमा कम्पनी सर्वाधिक बढेको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । भने, कर्पोरेट विकास बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज समृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया