

खोजिपुर सामुदायिक वनको १५ औँ साधारण सभा: ३ करोडको योजना, विद्यार्थीलाई शैक्षिक सामग्री

कपिलवस्तु स्थित वाणगंगा ९ मा रहेको खोजिपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १५ औँ साधारण सभा सम्पन्न गरेको छ । सोमबार जिनुवा स्थित सभाहलमा आयोजित कार्याक्रममा बनकी कोषाध्यक्ष सरस्वती गैरे पौडेलले आर्थिक वर्ष २०८०/८१ को १ करोड ८७ लाख ६९ हजार ०७४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने बनका अध्यक्ष दिपक कुमार थापाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३ करोड ३३ लाखको अनुमानित आय व्याय प्रस्तुत गरेका थिए ।
साधारण सभाको अबसरमा १२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजित कर्णले सामुदायिक बनको सहि सदुपयोग एंब यसको उचित ब्यबस्थापन गर्नुपर्ने बताए । साथै जिल्लाको बनको स्थितिमा आफू नयाँ भएको हुदा आफुले पनि आफ्नो कार्यालयबाट सहयोग गर्ने बताउदै साधारण सभा सफलताको शुभकामना दिइएका थिए ।
त्यस्तै बिशिस्ट अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले आफ्नो कार्ययोजना बनाउदा वडासंग समन्वय गरि कार्य गरेमा बिकास निर्माणको काम गर्दा जनता राम्रो सन्देश जाने बताए । बनहरुको आर्थिक प्रदशिर्ता समेत आवश्यक रहेकोले यसले नकारात्मक सन्देश फैलाउने गरी कार्य गर्ने नहुने समते बताएका थिए ।
२०६६ सालामा स्थापना भएको खोजिपुर सामुदायिक बनमा ४९६ घरधुरी कायम रहेको बनको क्षेत्रफल २७६.५ हेक्टर रहेको छ ।
खोजिपुर सामुदायिक बनका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता, सदस्य यमकला खासुको स्वागत मन्तव्य रहेको कार्याक्रम सह सचिव नजिर सैयादले सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया