

आर.पी आचार्यका ‘दुई गजल’





गजल–१
दौडिरहेका छन् घडीका सुईहरु पत्तै नपाई
भोगभोकै बसेका छन् कोहि एकछाक नखाई
धन्न उसँग रहेछ एकसरो कपडा र बिस्तारा पनि
यता त बसेका छन् शरीर आकाशतिर फर्काई
भोग निद्रा उसलाई सोध्नुपर्छ जो बगरमा रहन्छ
महलका मान्छे त बस्छन् गरिबको घाटी समाई
मलाई अचम्म पार्ने उनै महिला हुन अचम्म नपर्नु
देखेर उनको लगाव हिड्नु बरु पाईला अघि बढाई
जिन्दगीको बारे मलाई तपाईं नसम्झाउने गर्नुहोस्
किनकी मैले भोगेर हिडेको छु सपना अघि सराई
२– गजल
जिन्दगीको उतारचढाव सम्मालेर संभार गर्नुहोस !
दुःख र अफ्ठ्यारा पाटाहरुको प्रतिकार गर्नुहोस् !!
कलमको मसी पनि सकिन सक्छ पत्रकार मित्र !
हेडलाईन लेख्नु भन्दा पहिले, बिचार गर्नुहोस् !!
बाहिर एउटै कुराको अभाव खड्किरहेको देख्छु !
ती वृद्द बुबा–आमाको कोही त स्याहार गर्नुहोस् !!
आमाले सुकाएको बिसुन आगँनमा पोखिन सक्छ !
शत्रुलाई नदेखाइ बाबासगं काम होसियार गर्नुहोस्!!
तपाईका लागी यति कुराको छुट हुन्छ एयरपोर्टबाट!!
परदेशिनु पहिले कालको पनि प्रचार,प्रसार गर्नुहोस् !!
✍️आर.पि.आचार्य
कपिलवस्तु,नेपाल
हालः दक्षिण कोरीया


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया