लायन्स क्लब अफ कपिलवस्तुद्वारा क्यान्सर पीडित परियारलाई आर्थिक सहयोग

कपिलवस्तु : हामी सेवा गछौँ भन्ने मुलभाव बोकेको लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२४/२५ ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत वाणगंगा नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने क्यान्सर पीडित परियारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

आयोजित कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कमल पौडेलको प्रमुख आथितियता रहेको थियो । प्रमुख अतिथि पौडेलले लायन्स क्लबले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै भने, लायन्स क्लबले समाजमा गरिरहेको योगदान प्रेरणादायी छ। यस सहयोगले परियार परिवारलाई ठूलो राहत मिल्नेछ र यसले समुदायमा सहयोगको भावना अझ प्रगाढ बनाउने कुरा बताउनु भएको थियो ।

यस्तै क्लवका पुर्व अध्यक्ष MJF रामशुभागे थारुले कार्यक्रम माथि प्रकाश पार्दै कार्यक्रमको महत्व, यसबाट हुन् सक्ने सानो उपचार साथै कार्यक्रमको प्रकृति बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा लायन्स कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवत्तत घिमिरेले हामीले हाम्रो समुदायको सेवामा आफूलाई समर्पित गरिरहेका छौं। क्यान्सर जस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका परियारलाई यस सहयोगले केही राहत मिल्ने आशा राखेका छौं, भन्ने भनाइ राख्दै घिमिरेले यस्ता सहयोगात्मक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा लायन्स क्लवका पुर्व अध्यक्ष MJF रामशुभागे थारु, ओम प्रकाश घिमिरे, उपाध्यक्ष सुमन क्षेत्री, विश्वराज खनाल, मिडिया संयोजक नवराज बेल्वासे सहित लायन्स सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति कमल पौडेल तथा क्लवका अध्यक्ष नवदत्त घिमिरेले संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ का सचिव दामोदर पन्थीको सञ्चालन, अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता तथा लायन्स सदस्य युवराज कंडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अन्य स्थानीय व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो र सबैले लायन्स क्लबको यस कदमको सराहना गरे।

प्रतिक्रिया

खबर सबै