

अनुचित लेनदेन आरोपमा सात जना समातिए




दाङ | अनुचित लेनदेनको आरोपमा प्रहरीले घोराहीबाट सात जनालाई पक्राउ गरेको छ । चर्को ब्याजमा ऋण दिई ठगी गरेको आरोपमा पााच महिला र दुई पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाले बताए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५, बीपी चोक निवासी ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत, ५३ वर्षीया पार्वता केसी, ३४ वर्षीया ममताकुमारी केसी डीसी, ३७ वर्षीया ऋषा बोहरा, यामाकुमारी बस्नेत र घोराही–८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षत्री छन् ।
ऋण लिने व्यक्तिबाट खाली चेक लिएर आफूखुसी रकम भर्ने र चेक बाउन्सको मुद्दा दिने, साँवा–ब्याजसहितको तमसुक बनाउने, रकम फिर्ता पाइसकेपछि पनि तमसुक हरायो भन्दै नदिने र अन्त्यमा लेनदेनको मुद्दा दिने जस्ता काम गरेपछि उनीहरूलाई पक्राउ गरेको डीएसपी तिमिल्सिनाले बताए ।
विभिन्न व्यक्तिहरूले साउन २० मा जाहेरी दरखास्त दिएपछि आरोपितलाई तत्काल पक्राउ गरी अदालतमा पेस गरेको उनले जानकारी दिए । अदालतबाट म्याद थप गरी हाल विस्तृत अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बिहीबार मात्रै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया