

विश्वकप लिग-२ : क्यानडामा हुने सिरिजका लागि बन्द प्रशिक्षणमा २२ खेलाडी





काठमाण्डौँ : नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ।
बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाइएको छ। यसअघि आइसिसी टी-२० विश्वकप खेलेका केही खेलाडी एकदिवसीय टोलीमा छैनन्।
सागर प्रतिश जिसी र अभिनास बोहरा बन्द प्रशिक्षणको टोलीमा छैन्। यस्तै देव खनाल, रिजन ढकाल, भीम सार्की, आरिफ शेख, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउद एकदिवसीय टोलीमा छन्। बाँकी खेलाडी टी-२० विश्वकप खेलेका खेलाडी छन्।
नेपालले लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।
क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ।
ओमानमा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।
बन्द प्रशिक्षणमा परेका खेलाडी
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया