

मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एकको मृत्यु



दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार पोक्सर घोराहीमा फर्निचरको काम गर्दै आएका थिए । मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा आज बिहान साढे बजेको समयमा दुर्घटनामा परेका थिए ।
अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया