

नेपालमा १०८ औँ विमान दुर्घटना: ९ सय ६९ जनाको मृत्यु



नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा बुधबार भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन् ।
उहाँका अनुसार जहाज दुर्घटनामा पर्नेवित्तिकै जहाजमा भएको इन्धनका कारण तत्काल आगलागी हुने हुँदा न्यून बाँच्ने सम्भावनाबिच ठुलो दुर्घटनामा परेको सौर्य एयरलायन्सका चालक शाक्य भाग्यले बाँचेका पहिलो व्यक्ति रहेको बताउनुभयो ।
प्राधिकरणका अनुसार यातायातका साधनमध्ये हवाई यातायातलाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दाे साधनको रूपमा लिइए पनि हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटनामा २५ जनाले ज्यान गुमाएका भएका छन् भने हेलिकोप्टरतर्फका ४० बढी दुर्घटनामा ९२ ले ज्यान गुमाएका छन् ।
त्यस्तै विदेशी वायुसेवा कम्पनीका १० वटा जहाज दुर्घटनामा ३७५ जनाले ज्यान गुमाएका छन् । आन्तरिकतर्फ उडान गर्ने ५१ वटा जहाज दुर्घटनामा बुधबारको सहित ४६९ जनाले ज्यान
गुमाइसकेका छन् । यसअघि विसं २०७९ माघ १ गते काठमाडौँबाट चार चालक दल र ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यती एयरको एटीआर विमान घटनामा जहाजमा सवार सबैको निधन भएको थियो । उक्त दुर्घटना आन्तरिकतर्फको सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया