

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै


एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।
नेपालको खेल अघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् । यो खेलमा पाकिस्तानले हारेमा र नेपाल भारतसँग पराजित भएको अवस्थामा नेपाल, पाकिस्तान र यूएईमध्ये नेट रनरेटमा अगाडि हुने टोलीले सेमिफाइनल खेल्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया