
१० महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाण्डौ : चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । तर पोहोरको तुलनामा यो वर्षको १० महिनामा वृद्धिदर भने ४ प्रतिशतले घटेको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब २ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी आएको छ । साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीका लागि ३ लाख ७४ हजार ८ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पोहोर ४ लाख २१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८ सय ९३ जना रहेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया