

१० महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे



काठमाण्डौ : चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । तर पोहोरको तुलनामा यो वर्षको १० महिनामा वृद्धिदर भने ४ प्रतिशतले घटेको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब २ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी आएको छ । साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीका लागि ३ लाख ७४ हजार ८ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पोहोर ४ लाख २१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८ सय ९३ जना रहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया