
विद्युतीय गाडीको कर बढ्यो, महँगो गाडीलाई महँगै कर

काठमाण्डाै : सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज गरेको बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो ।
५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत बनाइएको छ । पाँच प्रतिशत अन्तःशुल्क लाग्नेछ । यस्तै अब ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका गाडीमा ३० प्रतिशत भन्सार लाग्नेछ भने २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।
यस्तै २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । र ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क कर लाग्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया