
विद्युतीय गाडीको कर बढ्यो, महँगो गाडीलाई महँगै कर




काठमाण्डाै : सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज गरेको बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो ।
५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत बनाइएको छ । पाँच प्रतिशत अन्तःशुल्क लाग्नेछ । यस्तै अब ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका गाडीमा ३० प्रतिशत भन्सार लाग्नेछ भने २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।
यस्तै २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । र ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क कर लाग्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया