

जेठ १३ देखि कपिलवस्तुमा ’आईपीभी’ खोप अभियान





कपिलवस्तु : जेठ १३ गतेदेखि कपिलवस्तुमा बालबालिकालाई पोलियोविरुद्धको ’आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत ३१ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकारी दिवाकर महर्जनले बताउनुभएको छ ।
उहाँका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ जेठ देखि २०७५ असोज सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।
नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो । कपिलवस्तुमा जेठ १३ देखि २६ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले खोप लगाउन कपिलवस्तुमा ६९६ वटा खोप केन्द्र निर्धारण गरेको छ ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया