

पाल्पामा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीबाट निष्क्रिय


पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ मैदीकास्थित सोमर सामुदायिक वन क्षेत्रमा पर्ने कालिका मन्दिर नजिक विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
मन्दिर क्षेत्र सफाइ गर्ने क्रममा विहीबार अपराह्न पौने पाँच बजेतिर फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले शुक्रबार निष्कर्ष पारेको छ ।
मन्दिरदेखि करिब ५० मिटर टाढा लालीगुराँसको रुखको फेंद मुनि शंकास्पद व्स्तु फेला परेको थियो । त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा र मुझुङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । त्यसपछि फेमस महेन्द्र दल गण नागपोखरी ब्यारेकबाट उपसेनानी नेतृत्वको टोलीले विष्फोटक पदार्ग निष्कर्ष पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया