पाल्पामा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीबाट निष्क्रिय

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ मैदीकास्थित सोमर सामुदायिक वन क्षेत्रमा पर्ने कालिका मन्दिर नजिक विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

मन्दिर क्षेत्र सफाइ गर्ने क्रममा विहीबार अपराह्न पौने पाँच बजेतिर फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले शुक्रबार निष्कर्ष पारेको छ ।

मन्दिरदेखि करिब ५० मिटर टाढा लालीगुराँसको रुखको फेंद मुनि शंकास्पद व्स्तु फेला परेको थियो । त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा र मुझुङबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । त्यसपछि फेमस महेन्द्र दल गण नागपोखरी ब्यारेकबाट उपसेनानी नेतृत्वको टोलीले विष्फोटक पदार्ग निष्कर्ष पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया