

अनलाइन गेम खेलाउने १३ जना भारतीय नागरिक बुटवलबाट पक्राउ



बुटवल । गैरकानुनी रुपमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरका रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको होे ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए । १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताए ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया