

अनलाइन गेम खेलाउने १३ जना भारतीय नागरिक बुटवलबाट पक्राउ


बुटवल । गैरकानुनी रुपमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै भारतको राजस्थान जयपुरका रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मार्न पुगेको होे ।
प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए । १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया