

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २ सय १० रनकाे लक्ष्य



काठमाडौँ : मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।
यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया