

कपिलवस्तुको बाणगंगा ८ मा श्रीमान श्रीमती घरभित्रै मृत फेला



तस्बिर : सांकेतिक
साझाकुरा,कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा श्रीमान् श्रीमती नै मृत फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार घटना स्थलमा श्रीमान श्रीमती नै मृत फेला परेका छन् । श्रीमान वर्ष ६० का टेकलाल भुसाल र श्रीमती वर्ष ५५ की जुठी भुसाल रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले बताउनुभयो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हरिबहादुर ओलीसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
डिएसपी ओलीका अनुसार मृतक श्रीमान झुण्डीएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमतीको शरीरमा केही चोट देखिएको जनाइएको छ । शवलाई पोष्र्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा श्रीमान श्रीमतीबिच भएको झगडाका कारण श्रीमतीको हत्या गरी श्रीमानले आफू पनि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको सत्यतथ्य अनुसन्धानको क्रममा रहेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यससम्बन्धमा थप विवरण आउन अझै बाँकी छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया