

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा



काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई इन्डियन्स चार विकेटले पराजित भएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको लखनउले चार बल बाँकी हुँदा चार विकेटको जित निकालेको हो। सामान्य लक्ष्य पछ्याएको लखनउले ६ विकेटको क्षतिमा १९ दशमलव २ बलमा १४५ रन बनाएको हो।
लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान केएल राहुल २८ र दिपक होडा १८ आउट हुँदा निकोलस पूरनले नटआउट १४ रन जोडे।
मुम्बईका लागि हार्दिक पाण्डेयले २६ रन खर्चिएर दुई विकेट लिए भने नुवान तुषारा, जिराल्ड कट्टेज र मोहम्मद नाबीले एकएक विकेट हात पारे।
सुरुमा ब्याटिङ गरेको मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
इशान किशन ३२ रनमा आउट हुँदा टिम डेभिडले अविजित रहँदै ३५ रन बनाए। सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादव १० र रोहित शर्मा चार रनमै आउट भए।
लखनउका मोहसिन खानले सर्वाधिक दुई विकेट लिए। मार्कस स्टोयनिस, नवीन उल हक, मयंक यादव र रवि विश्वोईले एकएक विकेट हात पारे।
यो जितसँगै लखनउ आईपिएलमा १२ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई भने लखनउसँगको हारसँगै १० मा सात खेल गुमाउँदै तालिकाको नवौं स्थानमा छ। उसले जम्मा ६ अंक जोडेको छ।
आईपिएल अन्तर्गत बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल बुधबार साँझ ७:४५ बजे सुरु हुँदैछ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया