

अर्घाखाँचीको असुरकोटमा आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु



अर्घाखाँची : अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ।
भूमिकास्थान नगरपालिका-५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतीत सिंह राठोरले जानकारी दिए।
उनका अनुसार असुरकोटको कुंडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी बिकको जलेर मृत्यु भएको हो। अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीपछि घरभित्र रहेकी बालिका जलेको अवस्थामा भेटिएकी थिइन्। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।
वैशाख लागेसँगै लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा भएका आगलागीबाट ठूलो जनधनको क्षति भएको छ। वैशाख महिनामा मात्रै लुम्बिनी प्रदेशमा आगलागीमा परी सात जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया