
अर्घाखाँचीको असुरकोटमा आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ।
भूमिकास्थान नगरपालिका-५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतीत सिंह राठोरले जानकारी दिए।
उनका अनुसार असुरकोटको कुंडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी बिकको जलेर मृत्यु भएको हो। अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीपछि घरभित्र रहेकी बालिका जलेको अवस्थामा भेटिएकी थिइन्। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।
वैशाख लागेसँगै लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा भएका आगलागीबाट ठूलो जनधनको क्षति भएको छ। वैशाख महिनामा मात्रै लुम्बिनी प्रदेशमा आगलागीमा परी सात जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया