

बाँकेमा अनलाइन सट्टेवाजी खेलाउने १५ जना पक्राउ


बाँके : बाँकेको नेपालगञ्जबाट अनलाइन सट्टेबाज खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ६ का ३८ वर्षीय विराज पौडेल, २० वर्षीय सास्वन पाठक, बाँकेको खजुरा गाउँपालिका १ का ३८ वर्षीय ईश्वर राणा, ३७ वर्षीय टोपबहादुर थापा, मोरङको मिक्लाजुङ गाउँपालिका ६ का २५ वर्षीय ईसाक लिम्बु, १९ वर्षीय सुदेश राई, २२ वर्षका रोशन दनुवार र खोटाङको ऐसेलुखर्क गाउँपालिका ६ का २७ वर्षीय प्रविण राई रहेका छन्।
यस्तै इलामको इलाम नगरपालिका ९ का ३३ वर्षीय पर्शुराम दर्जी, सिरहाको सिराहा नगरपालिका ७ का २३ वर्षीय राकेश कुमार यादव, पर्साको वीरगञ्ज नगरपालिका १४ का ३१ वर्षीय सुरेन्द्र चौधरी, उदयपुरको चौदण्डिगढी ८ का ३२ वर्षीय भास्कर मगर, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट गाउँपालिका ४ का २९ वर्षीय रुपक कोइराला र पर्बतको त्रिवेणी गाउँपालिका २ का ३५ वर्षीय सुन्दर राणा पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आईपीएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको प्रहरीको दाबी छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया