

प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो ।
सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो । जारी सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा अर्थ उद्योग तथा पर्यटन, सार्वजनिक लेखा, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण लगायतका समिति रहेका छन् । ती समितिको सभापति चयनको लागि सत्ता पक्ष र प्रतिपक्षबिच सहमति भएको छ ।
एमालेले तीन, माओवादीले दुई र नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । आजै सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया