

प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा



बुटवल । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो ।
सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो । जारी सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा अर्थ उद्योग तथा पर्यटन, सार्वजनिक लेखा, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण लगायतका समिति रहेका छन् । ती समितिको सभापति चयनको लागि सत्ता पक्ष र प्रतिपक्षबिच सहमति भएको छ ।
एमालेले तीन, माओवादीले दुई र नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । आजै सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया