

अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन ।
पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए । नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ ।
उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।
बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।
त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी-२० र एक दिवसीयलाई फरक-फरक टोली घोषणा गरेको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया