

थ्री स्टारसँग कपिलवस्तु ११ पराजित


कपिलवस्तु। थ्रीस्टार क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० को सेमिफाइनमा प्रवेश गरेको छ । कपिलवस्तु बाणगंगाको बुद्ध रंगशालामा शनिबार उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको हो ।
थ्रीस्टारका लागि जर्सी नम्बर ९ का निरज चौधरीले २ गोल गरे। यस्तै, दिपेश घलेले १ गोल गरे । खेलको ३२ औँ मिनेटमै थ्रीस्टारले निरजको गोलमार्फत् अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि जर्सी नम्बर ७ का दिपेशले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफ २–० गोल अन्तरले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो। थ्रीस्टारका निरजले नै ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। दुई गोल गरेका निरज नै खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार गायछाप ब्रान्डले सौजन्य गरेको हो ।
थ्रीस्टारले फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लब र साहारा क्लब पोखराबीचको विजेतासँग खेल्ने छ। यी दुई टिमले सोमबार खेल्ने छन्।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक कपिलवस्तु जिल्ला फुटबल संघले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया