

कपिलवस्तुमा करेन्ट लागेर ल्याब टेक्निसियन देवकोटाको मृत्यु




कपिलवस्तुमा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका-९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो।
अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको अस्पतालका एक कर्मचारी किशोर भण्डारीले बताए।
भण्डारीका अनुसार शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । चिकित्सकले हेरेपछि शव दाङको तुलसीपुरस्थित घर ल्याउनका लागि तयारी गरिने अस्पतालका कर्मचारी भण्डारीले जानकारी दिए ।
देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया