

बस र मोटरसाइकल ठोक्कि दुई जनाको मृत्यु




दाङ। दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसराबिचमा रहेको कोरिया खोला पुल नजिकै शनिवार राती रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ वर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ वर्षीय प्रदीप यादवको लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको मल्लले जानकारी दिनुभएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया