

बुद्ध स्थल लुम्बिनी घुम्न अब अनलाइनबाटै टिकट सुरु



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी प्रवेशका लागि अनलाइन टिकट सुरू भएको छ। लुम्बिनी विकास कोषले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी स्थित मायादेवी मन्दिर दर्शनमा सहज होस् भनी अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिदिएको हो।
शनिबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अनलाइन टिकेटको शुभारम्भ गरेका हुन्।कार्यक्रममा बोल्दै मन्त्री तामाङले अनलाइन टिकेटिङले टिकटबाट हुने आम्दानी पुर्ण रूपमा पारदर्शी हुने भएकोले टिकट वितरणमा हुने गरेको अनियमितता अन्त्य हुने बताए।
यसले घुम्न चाहने तर टिकटकै कारण असहज मान्नेहरूलाई सहज गरिदिने पनि बताए। लुम्बिनी बिकासकोषका उपाध्यक्ष ल्हारक्याल लामाले अनलाइन टिकटिङले टिकट काट्न घण्टौ लाईनमा बस्नुपर्ने झन्झटको अन्त्य गरिदिने भएकोले पर्यटकहरुको संख्यामा वृद्धि हुने बताए।
घरबाटै टिकट काटेर आउँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या अन्त्य हुने र छिटो छरितो लुम्बिनी भ्रमण गर्न सकिने बताए। उनले स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई पनि अनलाइन टिकटको व्यवस्थाले सहज हुने बताए।
विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले महालेखा परिक्षकले निर्देशित गरे अनुसार लुम्बिनी बिकासकोषलाई सुसाशित बनाउने अभियानमा रहेको उल्लेख गरे।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया