
बागलुङको निसीखोला बस दुर्घटनामा सात जनाको मृत्यु, घाइतेको सङ्ख्या २५ पुग्यो

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २५ पुगेको छ ।
रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ पठाइएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।
घर्तीले भने,‘घाइतेको उद्धार गरेर अस्पताल पठाएका छौँ । अर्का एक जनाको पनि मृत्यु भएको सुनिएको छ । पक्का भएको छैन । त्यो खबर पक्का हो भने मृतक ८ पुग्छ ।’
उनका अनुसार मृतकको पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ । उनले भने,‘सबैको शव संकलन भएको छ । कसैको पनि पहिचान खुलेको छैन,’ उनले भने, ‘पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।’
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया