

प्रदेश प्रमूख शेरचनले गरे तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण सुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालाको मैदानको सोमबार उद्घाटन गरिएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् ।
गत जेठ २९ गते शिलान्यास भएको रङ्गशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज उद्घाटन गरिएको विनोद कुँवरले बताए । उनले ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सुरु गरेका हुन् ।
रङ्गशालाका अन्य पूर्वाधारहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लागतमा प्यारा फिटको काम लगत्तै सुरु हुने उनले बताए ।
क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्व क्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रङ्गशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए ।

उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियता प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए । पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रूपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रङ्गशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण बताए ।
कार्यक्रममा पूर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, सङ्घीय सांसद चन्द्र भण्डारी, वासुदेव घिमिरे,तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँण,नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंह लगायतले बोल्दै रङ्गशाला निर्माणले क्रिकेटको उर्वर भूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबाट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए ।
मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको ,एलबी क्षेत्रीले सन् १९९६ टिमको,कलाम अलिले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेका छन् ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया