२५औँ वैवाहिक बर्षगाँठमा घिमिरे दम्पतीद्धारा विपन्न परिवालाई राहत वितरण

साझाकुरा,कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष लायन नवदत्त घिमिरे र लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका सीता भण्डारी घिमिरेको २५ औँ वैवाहिक वर्षगाँठको अवसरमा भलवाड स्थित एक विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बैरियामा बस्दै आउनुभएका घिमिरे दम्पत्तीले आफूहरु एक सामाजिक संस्थासँग जोडिदै गर्दा आफ्ना विषेश दिनहरुलाई पनि केही विशेष बनाउने र सामाजिक क्षेत्रकै हितका लागि काम गर्ने मनसायका साथ वैवाहिक वर्षगाठकोे अवसरमा राहत वितरण गरेको बताउनुभयो । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित रामकुमारी बि.क. को परिवारलाई घिमिरे दम्पत्तिले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो ।

उक्त सामग्री प्रदान गर्दै लायन नवदत्त घिमिरेले सामाजिक क्षेत्रका काममा सहभागी भई आफ्नो वैवाहिक वर्षगाँठलाई अझ विशेष बनाउने चाहना रहेकोमा सोही अनुसार गरेको बताउनुभयो । उहाँले आफूले प्रदान गरेको राहत सामग्रीले उक्त परिवारलाई सधैलाई नपुग्ने तर केही समयका लागि दैनिक रासन पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तै सिता भण्डारी घिमिरेले मानव जीवनमा कहिले सुख त कहिले दुःख आउने हुँदा सबैभन्दा ठूलो कुरा धैर्यता रहेकाले पिडित परिवारका सदस्यले त्यो धैर्यतलाई कायम राख्न आग्रह गर्नुभयो । आफू र आफ्नो परिवारको विगतका केहि दिनलाई स्मरण गर्दै उहाँले अहिले बि.क परिवार दुःख र पिडामा रहेता पनि सधै यस्तै पिडा नहुने र यो परिवारले खुसी पाउने आशा व्यक्तगर्नुभयो ।

यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले रामकुमारी बि.कको परिवार अहिले आफ्ठेरो परिस्थितिबाट गुज्रीरहेका बेला लायन्स क्लवले आफ्ना सदस्यको बैवाहिक वर्षगाँठको अवसरमा राहत सामग्री सहयोग गर्नु अत्यन्तै राम्रो काम रहेको बताउनुभयो । रामकुमारीका श्रीमानको केही समय अघि निधन भएको र उनका छोराको भारतमा सडक दुर्घटनामा परी ज्यान गएपछि यो परिवारको आयस्रोतको सबै बाटो बन्द हुँदा अहिले दुःखदायी अवस्थामा रहेको भन्दै उहाँले कही त्यस्तो अवसर भए आफूले पनि सहयोग गर्ने बताउनुभयो । घिमिरे दम्पतीले प्रदान गर्नुभएको राहत सामग्री रामकुमारी बि.क र बुहारी सोभा बि.कले ग्रहण गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरे र लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष रीता खनालको अध्यक्षतासहित वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलेको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा लायन्स प्रथम उपाध्यक्ष नवदत्त घिमिरे र उहाँकी धर्मपत्नी सीता भण्डारी घिमिरे, लायन्स पुर्व अध्यक्ष तथा डिष्ट्रिक डेप्युटी सेक्रेटरी सुरेन्द्र घिमिरे, लायन्स पुर्व अध्यक्ष तथा डिष्ट्रक प्रोग्राम मेम्बर धातानन्द भुषाल, पुर्व अध्यक्ष रामसुभागे थारु, द्धितीय उपाध्क्ष नारायण पौडेल तथा लायन्स क्लव अफ कपिलवस्तुका सदस्यहरु र लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लायन्स सचिव रामप्रसाद भुषालले गर्नुभएको थियो ।

यसैबीच २५ औँ वर्षगाँठको अवसरमा घिमिरे दम्पत्तीलाई लायन्स कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरे र लायन्स दिदीबहिनीका अध्यक्ष रीता खानालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै