

रुपन्देहीबाट भन्सार छलीका सामान बरामद


रूपन्देही । भारतबाट भन्सार छली ल्याइएको सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले बुधबार कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको हो।
प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ कालिदहबाट १४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा सामान बरामद गरेको उनले जानकारी दिए ।
बरामद गरिएका चार मोटरसाइकलमध्ये एक भारतीय नम्बर प्लेट र तीन नेपाली नम्बर प्लेटका छन्। त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको भट्टले बताए।
यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिचकारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन्। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया