

धादिङ बस दुर्घटना अपडेट: मृतक ७ मध्ये दुईकाे मात्रै पहिचान खुल्याे



काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।
ज्यान गुमाउने मध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ की रुबी श्रेष्ठ र काठमाण्डैको चन्द्रगिरि नगरपालिका वडा नम्बर १० की देखा पदुवारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना हराइरहेका छन् ।
घाइते भएका ४१ जनामध्ये १३ जना यात्रु उपचारपछि घर फर्किएका छन् । एक जनाको भैरहवामा र २५ जनाको काठमाण्डौमा उपचार भइरहेको डीएसपी जैसवालले जानकारी दिनुभयो ।
लुम्बिनीबाट काठमाण्डाैतर्फ गुडिरहेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान पृथ्वी राजमार्गको घाटबेँसीबाट त्रिशूली नदीमा खसेको थियो । बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर ९ का हरिराम हरिजनलाई फक्राउ गरेको प्रहरीले जनाएको छ ।
तस्बिर : रासस


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया