
धादिङ बस दुर्घटना अपडेट: मृतक ७ मध्ये दुईकाे मात्रै पहिचान खुल्याे

काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।
ज्यान गुमाउने मध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ की रुबी श्रेष्ठ र काठमाण्डैको चन्द्रगिरि नगरपालिका वडा नम्बर १० की देखा पदुवारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना हराइरहेका छन् ।
घाइते भएका ४१ जनामध्ये १३ जना यात्रु उपचारपछि घर फर्किएका छन् । एक जनाको भैरहवामा र २५ जनाको काठमाण्डौमा उपचार भइरहेको डीएसपी जैसवालले जानकारी दिनुभयो ।
लुम्बिनीबाट काठमाण्डाैतर्फ गुडिरहेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान पृथ्वी राजमार्गको घाटबेँसीबाट त्रिशूली नदीमा खसेको थियो । बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर ९ का हरिराम हरिजनलाई फक्राउ गरेको प्रहरीले जनाएको छ ।
तस्बिर : रासस


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया