

हरिलट्ठक स्मृति पुरस्कार साहित्यकार बस्याललाई



साझाकुरा । साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गर्दै आईरहेको “रमेश स्मृति सम्मान” साहित्यकार सरस्वती बस्याललाई प्रदान गरिने भएको छ। बस्याल रूपन्देहीको देवदहमा बसेर साहित्य साधना तथा समाज सेवामा सक्रिय रहँदै आउनुभएको छ।
दीप मिलनको संयोजकत्वमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिद्वारा यस वर्षको “रमेश स्मृति सम्मान २०८०” का लागि साहित्यकार बस्याललाई छनोट गरिएको हो। उक्त छनोट समितिमा दीप मिलन , राजीव सापकोटा र सोतन्त्र नेपाल रहेका थिए। यस सम्मान कोषले साहित्यकार हरिलट्ठकको जन्मजयन्तीको अवसर पारेर प्रदान गर्दै आईरहेको छ। हरिलट्ठकको ४४ औँ जन्मजयन्तीको अवसर पारेर यस्तो घोषणा गरिएको हो।
नेपाली साहित्यको गीत, गजल, कविता, मुक्तक, कथा र हाइकूसहित विविध विधामा कृयाशील हरिलट्ठकको जन्म वि.सं. २०३७ साल फाल्गुण २१ गते भएको थियो। २३ वर्षको अल्पायूमै दिवंगत भएका उनले २०६१ साल श्रावण २१ गते महाप्रस्थान गरेका थिए। नेपाली साहित्यको गजल विधामा पहिलोपटक TEN GHAZAL नामक अंग्रेजी गजल संग्रह प्रकाशन गरी नेपाली साहित्यमा अंग्रेजी गजलको कृतिमार्फत द्वार खोलेका थिए। हरिलट्ठकको सानू, कुकुरलाई घ्यू, जिन्दगीको कहानीमा र TEN GHAZAL सहित आधा दर्जन कृतिहरू रहेका छन्। उनको स्मृतिमा “रमेश हरिलट्ठक र उनका सिर्जनाहरू ” नामक स्मृति संग्रह पनि प्रकाशन भइसकेको कोषका संयोजक दीप मिलनले बताए।
कोषका अनुसार नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधना सँगै सम्भवत: देशमै पहिलोपटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलट्ठकसँग सम्बन्धित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले बस्याललाई यो सम्मान प्रदान गर्न लागिएको हो। यद्यपि, सम्मान कहिले र कहाँ गर्ने भन्ने बारे कोषले केही बताएको छैन। २०७२ सालदेखि कोषले प्रदान गर्दै आईरहेको “रमेश स्मृति सम्मान” पहिलोपटक महिला स्रष्टालाई सम्मान गर्न लागिएको बताएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया