

नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै



साझाकुरा । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित टियू मैदानमै सुरु हुनेछ ।
नेपालका लागि नेदरल्याण्ड्सविरुद्धको खेल महत्वपूर्ण छ । यदि यो खेलमा जित निकाल्न सके नेपालको फाइनल सम्भावना बलियो बन्नेछ ।
यदि हार बेहोरेको खण्डमा फाइनल पुग्न नेपालले नेदरल्याण्ड्स र नामिबियाबीचको नतिजामा भर पर्नुपर्नेछ । त्यसकारण नेपाल शनिबार नेदरल्याण्ड्सविरुद्ध अनिवार्य जितको खोजीमा छ । जारी श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध दुई रनको साँघुरो हार बेहोरेको थियो ।
नेपाल आज उक्त हारको बदला लिने योजनामा पनि छ । यता नेदरल्याण्ड्स जारी सिरिजमा ‘ह्याट्रिक’ जितको खोजीमा छ । उसले पछिल्लो खेलमा नामिबियाविरुद्ध ५९ रनको जित निकालेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनायो ।
जारी सिरिजमा नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र अलराउन्डर साइब्रन्ड एंगलब्रेच्टले सानदार प्रदर्शन गरिरहेका छन् । जसमध्ये लेभिटले यस सिरिजमा २ खेलमा सर्वाधिक १८९ तथा एंगलब्रेच्टले १२४ रन बनाएका छन् । त्यसकारण शनिबार यी दुई ब्याटरविरुद्ध नेपालले विशेष योजना बनाउन आवश्यक छ ।
लेभिटले पछिल्लो खेलमा नामिबियाविरुद्ध ६२ बलमा १० छक्का र ११ चौकासहित १३३ रनको विस्फोटक पारी खेलेका थिए । साथै, उनले पहिलो खेलमा नेपालविरुद्ध ३६ बलमा ५४ रन बनाए ।
यता नेपाली टिममा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रोहितकुमार पौडेलले राम्रो ब्याटिङ गरिरहेका छन् । शुक्रबार नामिबियाविरुद्ध जित निकालेकाले नेपाली टिममा आत्मविश्वास बढेको छ । र, नेपाल शनिबार नेदरल्याण्ड्सलाई हराउन तयार छ ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सले १० टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले पाँच र नेपालले चार खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।
प्लेइङ–११ मा दुई परिवर्तनको सम्भावना
नेदरल्याण्ड्सविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले शनिबार आसिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल भुर्तेल र राशिद खानलाई मौका दिने सम्भावना रहेको हो । यदि आसिफलाई विश्राम दिइएमा अनिल साहले विकेटकीपिङ गर्नेछन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया