
रुपन्देहीको कञ्चनमा आगाेले जलेर एककाे मृत्यु

रूपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।
आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता तनहुँको भानु नगरपालिका-१३ पोखरीछाप बस्ने ५० वर्षीया सुकुली मियाको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया