
एकैपटक ५ हजारलाई लुम्बिनीमा ध्यान गराइँदै

लुम्बिनी । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान ! ’ ५ हजार मानिसलाई एकै ठाउँमा एकैपटक त्यो पनि सातदिने चक्रविज्ञानमार्फत ध्यान गराउने यो विषय यतिबेला चर्चामा छ ।
सुख, शान्ति र समृद्धि नारा लिएर जीवन विज्ञान नामक संस्थाले विविध कार्य र कोर्ष गराए पनि एकैपटक ५ हजारलाई यसरी ध्यान सिकाउन लागेको भने पहिलो हो। जसले विश्वमा पृथक इतिहास रच्नेछ भने गिनिज बुक अफ द वल्र्ड रेकर्डस कायम गर्ने देखिएको छ।
आगामी चैत १७ देखि २३ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा सात दिने उक्त चक्रविज्ञान सञ्चालन हुने संयोजक निर्मला केसीले जानकारी दिइन । उनका अनुसार सहभागी हुन चाहनेले खल्ती एपमार्फत आवश्यक सूचना राखेर रजिस्टर हुन सक्नेछन । मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए।
उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन ।’ चक्रविज्ञान लिने कर्मचारी वा राजनीतिक नेता नेतृत्वमा पुग्छ भने देशले सही गन्तव्य समात्ने उनको दाबी थियो। उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’ मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान् गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुन लागेको बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया