

बलर चम्किँदा नेपाललाई १३८ रनको सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड १३७ रनमै समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड पहिलो ओभरदेखि नै दवावमा पर्यो। नेपालका लागि सोमपाल कामीले तेस्रो बलमै नेदरल्यान्डका प्रारम्भिक ब्याटर मिचेल लेभिटलाई आउट गरे।
त्यसपछि लगातार नेपाली बलरले विकेट झार्दै गए। दवावमा रहेको नेदरल्यान्डले ३९ ओभरमै सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।
नेदरल्यान्डका लागि स्कट इडवार्डले ३३, वास द लीडले २७, सिब्रन्ड इंगलब्रेचले २३, नोह क्रोसले १२, किल क्लेइनले ११, म्याक्स उड र आर्यन दत्तले १०(१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले चार, ललित राजवंशीले दुई, सोमपाल कामी र रोहित पौडेलले एक(एक विकेट लिए।
लिग(२ को पहिलो खेलमा बिहीबार नेपाल पराजित भएको थियो। यो शृङ्खला अन्तर्गत अहिले नेपाल, नेदरल्यान्ड र क्यानडा प्रतिस्पर्धा गरिरहेका छन्।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया