


२४ घण्टामा थप २ हजार २२५ जनामा संक्रमण पुष्टि



ई–साझाकुरा, कार्तिक ८
छिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया