
वाणगंगा ९ मा लायन्सको वृहत स्वास्थ्य शिविर सञ्चालन हुदै, आखाँ शिविरबाट हजारौँ विद्यार्थी लाभावितं

ईसाझाकुरा : हामी सेवा गछौँ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । वाणगंगा नगरपालिका ९ स्थित शुद्धोदन मा.वि विद्यालय परिसरमा उक्त शिविर पुस २७ गते सञ्चालन हुने आयोजकले बताएको छ ।
विशेष गरी लायन्स अन्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको सम्झनामा अहिले लायन्स क्लव अफ कपिलवस्तुले विभिन्न कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष लायन्स अन्तराष्ट्रियका संस्थापक जोन्सको सम्झनामा हरेक वर्ष जोन्स सर्भिस अन्तगर्त एक हप्ता सम्म निरन्तर कार्यक्रम गर्दै आएको छ ।
२०२४ को मेल्भिन जोन्स १४५ औँ सर्भिस दिवस हो । जहाँ दुख त्यहाँ लायन्स पुग्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै लायन्स क्लव अफ कपिलवस्तु सामाजिक काममा अग्रसर बनेको हो ।
यस्तै सर्भिस सप्तहा अन्तगर्त नै वाणगंगाका विभिन्न विद्यालयमा गरेको आखाँ परिक्षणबाट एक हजार बढी विद्यार्थी लाभांवित बनेका छन् । आखाँ शिविरका लागि भैरव चस्मा पसल तथा आखाँ उपचार केन्द्रको सहकार्य रहेको थियो ।
यस्तै सर्भिस अन्तगर्त नि.शुल्क सुगर रोग परिक्षण समेत लायन्सले सम्पन्न गरेको छ । वाणगंगा ७ बनगाई स्थित प्रकृति फार्मेसीको सहयोग लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुको सहकार्य रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सञ्चालित मेल्भिन जोन्स सर्भिस सप्तहामा लायन्स क्लव अफ कपिलवस्तु दिदि बहिनी, लियो क्लव अफ कपिलवस्तुको समेत साथ रहदै आएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया